काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले आफ्नो विवादित अभिव्यक्तिबारे प्रष्टीकरण दिने मौका संसदमा नदिएको बताएका छन् ।
सोमबार बसेको प्रतिनिधिसभा बैठकमा उनले आफू सुरुदेखि नै जवाफ दिने चाहेको भए पनि मौका नदिएको गुनासो गरे । ‘मलाई प्रष्टीकरणको मौकासमेत दिइएन,’ उनले भने, ‘मेरो राजीनामा मागियो ।
किन तीन दिन संसद अवरुद्ध गरियो ?’ विपक्षी दलले राजीनामा माग्नेबित्तिकै प्रधानमन्त्रीले राजीनामा दिनुपर्ने हो र भन्दै उनले आफ्नो विवादित अभिव्यक्तिबारे संसदलाई जानकारी गराइरहेका छन् । अहिले प्रधानमन्त्री प्रचण्डले आफ्नो विवादित अभिव्यक्तिबारे प्रष्ट्याइरहेका छन् ।
प्रतिक्रिया