काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली पशुपतिनाथमा पूजा गर्न जाने कार्यक्रम नै नरहेको जनाइएको छ । ओलीका प्रेस संयोजक रामशरण बजगाईले अध्यक्ष ओली पशुपतिनाथमा जाने कुनै कार्यक्रम नरहेको जनाएका हुन् ।
‘हिजो देखी मैले अध्यक्षको पशुपतिनाथ जाने कुनै कार्यक्रम छैन भनेर भनिरहेको छु, सबैले जाने हो भनेर एकपक्षीय रुपमा लेखिरहेका छन्,’ बजगाईले भने, ‘आफै जाने भनेर लेख्छन, आफै जाने कार्यक्रम स्थगित भनेर लेखेको देखियो, जबकी तत्काल कुनै कार्यक्रम नै तय भएको थिएन र होइन ।’
कतिपय मिडियाले जलहरी प्रकरणमा क्षमापुजा गर्नका लागि ओली पशुपतिनाथमा जान लागेको भनेर लेखेको भन्दै ओलीको सचिवालयले खण्डन गरेको छ ।
प्रतिक्रिया