काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले असार २५ गते पशुपतिमा क्षमा पूजा गर्ने भएका छन् ।
पशुपति क्षेत्र विकास कोषका पदाधिकारीका अनुसार अध्यक्ष ओली र उनकी पत्नी सोमबार बिहान ९ बजेपछि पशुपतिनाथको पूजाका लागि जानेछन् । उनले यसबारेमा कोषलाई जानकारी समेत गराइसकेको बताइएको छ ।
जलहरी प्रकरणमा विवाद भएपछि पहिलोपटक ओली पशुपतिनाथ जान लागेका हुन् ।
प्रतिक्रिया