Logo

मुख्य समाचार

मेयर बालेनले भने : आजबाट म अपराधी भएँ



काठमाडौँ । काठमाडौँ महानगरपालिकाका मेयर बालेन शाहले आफू आजबाट अपराधी भएको बताएका छन् ।

सर्वोच्च अदालतले दिएको तारेख पत्र सामाजिक सञ्जालमार्फत सार्वजनिक गर्दै मेयर शाहले भारतको सांस्कृतिक हस्तक्षेपको विरोध गर्दा आफू ‘अपराधी’ हुन पुगेको बताएका हुन् ।

‘आज एउटा विशेष दिन, आजबाट म तारेखमा छु, भारतको सांस्कृतिक हस्तक्षेपको विरोध गर्दा र आजै प्रधानमन्त्रीज्यूले छुट पाउनु भयो, भारतले यो देशको प्रधानमन्त्री बनाउँछ भन्दा म आजबाट अपराधी,’ उनले लेखेका छन् ।

यसअघि मेयर शाहविरुद्ध परेको अवहेलना मुद्दामा अदालतले लिखित जवाफ माग गरेको थियो ।

प्रकाशित मिति : २४ असार २०८०, आइतबार  ९ : १० बजे