काठमाडौं । हाल देशमा मनसुनी वायुको प्रभाव रहेको छ । जल तथा मौसम विज्ञान विभाग मौसम पूर्वानुमान महाशाखाका अनुसार मनसुन न्यूनचापीय रेखा सरदरभन्दा दक्षिण स्थानतर्फ अवस्थित रहेको छ।
यसका कारण हाल देशभर आंशिकदेखि सामान्य बदली रहनुका साथै कोशी, बागमती, गण्डकी र कर्णाली प्रदेशका थोरै स्थानमा हल्कादेखि मध्यम वर्षा भइरहेको छ ।
रातिको समयमा सबै प्रदेशका केही स्थानमा वर्षाको सम्भावना छ भने कोशी र सुदूरपश्चिम प्रदेशका एक–दुई स्थानमा मेघगर्जन–चट्याङसहित भारी वर्षाको समेत सम्भावना रहेको छ ।
लुम्बिनी र सुदूरपश्चिम प्रदेशका थोरै स्थानमा हावाहुरीको पनि सम्भावना छ । आइतबार पनि देशभर आंशिकदेखि सामान्य बदली रहनेछ। लुम्बिनी र सुदूरपश्चिम प्रदेशका एक–दुई स्थानमा मेघगर्जन–चट्याङसहित भारी वर्षाको सम्भावना रहेको छ।
महाशाखाले आगामी २४ घन्टाका लागि चेतावनी जारी गर्दै देशका कतिपय स्थानमा मेघगर्जन–चट्याङसहित भारी वर्षा र हुरीको सम्भावना रहेकाले आवश्यक सतर्कता अपनाउन अनुरोध गरेको छ ।
प्रतिक्रिया