काठमाडौं । नेकपा एकीकृत समाजवादीका महासचिव घनश्याम भूसालले नयाँ र स्वतन्त्र भनिएका दलहरुको हविगत छिट्टै पुरानै दलको जस्तो हुने दाबी गरेका छन् ।
शनिबार पार्टीनिकट कानुन व्यवसायीहरूले काठमाडौंमा आयोजना गरेका कार्यक्रममा महासचिव भूसालले दलाल, पुँजीवादविरुद्ध कसैले आवाज नउठाएकाले छिट्टै उनीहरू पनि पुराना पार्टीजस्तै हुने बताए ।
‘त्यस्तो सुशासनको कुरा उठाएका छैनन्, जसले रोजगारी सृजना हुन्छ । र, हाम्रा बच्चाबच्चीहरुले नयाँ जिन्दगीका लागि रोजगारी पाउँछन । र, त्यो भन्दा राम्रो रोजगारी पाउँछन । यसतर्फ उनीहरुका पनि मुद्दा केन्द्रित छैनन्,’ उनले भने ।
प्रतिक्रिया