Logo

Breaking News 1

ओली–प्रचण्ड टकरावले संसद बन्धक



काठमाडौं । विक्रम सम्बत् २०७८ सालमा तत्कालिन नेकपा एमाले विभाजनमा सभामुख अग्नि सापकोटाले भूमिका खेलेको आरोप लगाउँदै नेकपा एमालेले निरतन्तर संसद अवरुद्ध गरेको थियो । सर्वोच्च अदालतबाट संसद पुर्नस्थापना भएपछि निरन्तर संसद अवरुद्ध हुँदा मुलुक पहिलोपटक बजेट होलिडेको अबस्थामा पुगेको थियो ।

संसद विघटन गर्दै तत्कालिन केपी ओली नेतृत्वको सरकारले बजेट अध्यादेश ल्याएको र प्रतिस्थापन विधेयक संसदमा पेश गरिएको भएपनि एमालेको निरन्तरको अवरोधले अध्यादेश नै निश्क्रिय बनेको थियो ।

त्यसबेलामा तत्कालिन नेकपा एमालेबाट विभाजन भएर बनेको दल नेकपा एकीकृत समाजवादीका सांसदहरुलाई निलम्बन गरेको जानकारी संसदलाई नगराएको भन्दै एमालेले संसद अवरुद्ध गरेको थियो । अर्थात् पार्टी विभाजनको अबस्थाले समग्र संसद नै प्रभावित बनेको थियो ।

अहिले समेत एमालेले संसद अवरुद्ध गरिरहेको छ । प्रतिनिधिसभाले विनियोजन विधेयकसहित बजेटआश्रित अन्य विधेयकहरु पारित गरिसकेको भएपनि राष्ट्रियसभाले भने पारित गर्न सकेको छैन । एमालेको निरन्तरको अवरोधले राष्ट्रियसभामा छलफल हुन सकेको छैन । अहिले एमालेको अवरोध चाँहि फरक विषयमा केन्द्रित छ ।

प्रधानमन्त्री पुष्पकमल दाहालले आफुलाई प्रधानमन्त्री बनाउन भारतीय नागरिक प्रितम सिंह पटकपटक दिल्ली गएको धारणा सार्वजनिक गरेपछि एमालेले दाहालको राजीनामा माग्दै संसद अवरुद्ध गरेको छ ।

अहिले पनि संसद अवरुद्ध हुनुको कारणका रुपमा एमाले–माओवादी कारक देखिएका छन् । एमालेले प्रधानमन्त्रीको राजीनामा मागेको छ । तर सत्तारुढ दलहरुको बैठकले राजीनामा दिनुनपर्ने निष्कर्ष निकालिसकेको छ । तर दुई पार्टीका बिचको वादविवादले जननिर्वाचित संसद नै बन्धक बनेको छ ।

प्रकाशित मिति : २२ असार २०८०, शुक्रबार  १० : ३२ बजे