काठमाडौं । जिल्ला प्रशासन कार्यालय बैतडीले महाकाली नदीको जलस्तर बढ्ने भन्दै सतर्कता अपनाउन आग्रह गरेको छ । भारतस्थित तपोवन धार्चुलाको धौलीगंगा जलविद्युत् परियोजनाको बाँध खोलिने भएकोले सतर्कता अपनाउन आग्रह गरेको हो ।
लगातारको वर्षा र बाँध खोलिएपछि महाकाली नदीमा जलस्तर बढ्ने खतरा भएकाले नदी आसपासका बासिन्दालाई सचेत रहन र नदी वारपार नगर्न कार्यालयले आग्रह गरेको छ ।
यसअघि २०७० असार २ र ३ गते पूर्वजानकारीविनै धौलीगंगाको बाँध खोलेपछि दार्चुला सदरमुकाममा एक सय बढि घर बगाएको थियो ।
प्रतिक्रिया