काठमाडौं । नेपाल नागरिक उड्डयन प्राधिकरणले पोखरा अन्तर्राष्ट्रिय विमानस्थलबाट व्यावसायिक उडान गर्न कतार एयरलाइन्सले कुनै पनि प्रस्ताव नगरेको बताएको छ।
कतार एयरलाइन्सले गौतमबुद्ध र पोखरा अन्तर्राष्ट्रिय विमानस्थलबाट व्यावसायिक उडान गर्न औपचारिक तथा अनौपचारिक कुनै पनि प्रस्ताव नगरेको प्राधिकरणले जनाएको हो ।
यसअघि नेपालका लागि कतारी राजदूत युसुफ बिन मोहम्मद अल हेलले पोखरा अन्तर्राष्ट्रिय विमानस्थलबाट कतारको राजधानी दोहा उडानका लागि ६ पटक पत्राचार गरिएको तर नेपाली अधिकारीले चासो नदिएको बताएका थिए ।
राष्ट्रिय सभाका अध्यक्ष गणेश तिमिल्सिनासँगको बिदाइ भेटमा राजदूत हेलले कतार पोखरा विमानस्थलबाट उडानका लागि तयार रहेको बताएका हुन् ।
प्रतिक्रिया