काठमाडौं । नेपाली कांग्रेसका महामन्त्री गगनकुमार थापाले संसद अवरुद्ध भएकोबारे प्रधानमन्त्रीले संसदमा आफ्नो धारणा राखेपछि स्पष्ट हुने बताएका छन् ।
बिहीबार पार्टी केन्द्रिय कार्यालय सानेपामा भएको जिल्ला सभापतिहरुको भेलापछि सञ्चारकर्मीहरुसँग कुरा गर्दै थापाले प्रधानमन्त्री दाहालले दिएको अभिव्यक्तिले सबैलाई अफ्ठ्यारो महशुस गरेको बताए ।
प्रधानमन्त्री दाहालले पुस्तक विमोचनका क्रममा अभिव्यक्त गरेको कुरा प्रधानमन्त्रीको हैसियतले बोल्नु नहुने र शोभनीय नभएको थापाको भनाई छ । प्रधानमन्त्री स्वयंले यस विषयमा संसदमा स्पष्टीकरण दिएपछि अन्योलता हट्ने पनि थापाको भनाई छ ।
प्रतिक्रिया