Logo

Breaking News 1

सांसदहरु भारतको गुलाम भएको बालेनको गम्भिर आरोप



काठमाडौं । काठमाडौं महानगरपालिकाका मेयर बालेन शाहले उत्तेजक धारणा सार्वजनिक गरेका छन् ।
सांसदहरुलाई दिल्लीको आदेश मान्ने रहेकाहरु भन्दै बालेनले प्रधानमन्त्री पुष्पकमल दाहाललाई प्रधानमन्त्री बनाउने सांसदहरुमाथि शंका लागेको टिप्पणी गरेका हुन् ।

उनले भनेका छन्,‘ हामीलाई प्रचण्डज्यूभन्दा प्रचण्डज्यूलाई प्रधानमन्त्री बनाउने सांसदहरु माथि शंका लाग्यो । दिल्लीको आदेश मान्ने सांसदको बहुमत रहेछ सरकारमा । भारतीय गुलामहरुले देश चलाउदैछ र म मात्र बिरोधमा ? र, म मात्र अदालतको अवहेलनामा ? सबैजना मरेका लाशहरु हुन् ?’

प्रधानमन्त्री दाहालले गत सोमबार बोलेको विषयले नेकपा एमालेले संसद अवरुद्ध गरिरहेको छ । दाहालले आफुलाई प्रधानमन्त्री बनाउन प्रितम सिंह पटकपटक दिल्ली गएको बताएका थिए ।

प्रकाशित मिति : २१ असार २०८०, बिहिबार  ९ : ५१ बजे