Logo

मुख्य समाचार

एलओडी क्लवका सञ्चालक सुवाल पक्राउ



काठमाडौँ । काठमाडौँको ठमेलस्थित लर्ड अफ द ड्रिंक्स (एलओडी) क्लबका सञ्चालक राजुसिंह सुवाललाई प्रहरीले पक्राउ गरेको छ । उनलाई बिहीबार साँझ प्रहरीले बालुवाटारबाट पक्राउ गरेको हो ।

क्लबमा पुगेकी नाबालिगलाई बलात्कार गरेको आरोपमा उनलाई ललितपुर प्रहरीले पक्राउ गरेको हो । यसअघि बिहीबार नै जिल्ला प्रहरी परिसर ललितपुरले ललितपुर जिल्ला अदालतबाट क्लबका दुईजना सञ्चालक रुदिल श्रेष्ठ र राजुसिंह सुवालविरुद्ध पक्राउ अनुमति लिएको थियो ।

एलओडी क्लब पुगेकी १५ वर्षीया नाबालिगलाई पोखरा घर भएका सुदन कोइरालाले ललितपुर आफ्नो कोठामा लगेर बलात्कार गरेको आरोप लागेको छ । कोइरालालाई यसअघि नै पक्राउ परिसकेका छन् ।

प्रकाशित मिति : २१ असार २०८०, बिहिबार  ८ : ०४ बजे