Logo

मुख्य समाचार

एसईईको नतिजा सार्वजनिक गर्ने निर्णय



काठमाडौं। शैक्षिकसत्र २०७९ को माध्यामिक शिक्षा परीक्षा (एसईई) नतिजा सार्वजनिक गर्ने निर्णय गरिएको छ ।

बिहीबार बसेको राष्ट्रिय परीक्षा बोर्डको बैठकले बिहीबार नै एसईई नतिजा सार्वजनिक गर्ने निर्णय गरेको हो । यद्यपि, यसबारे बोर्डले औपचारिक रुपमा जानकारी गराइसकेको छैन ।

जारी बैठकले नतिजा बिहीबार नै सार्वजनिक गर्ने निर्णय गरिसकेको छ । यसबारे थप छलफल चलिरहेकाले निर्णय सार्वजनिक गरिएको छैन ।

गत चैत १७ गतेदेखि सञ्चालित परीक्षामा ४ लाख ८५ हजार ३९६ विद्यार्थी सहभागी थिए ।

प्रकाशित मिति : २१ असार २०८०, बिहिबार  २ : ५७ बजे