Logo

समाचार

लागुऔषधसहित पक्राउ



कैलाली। धनगढी उपमहानगरपालिका-८ धनगढीगाउँबाट अवैध लागूऔषध खैरो हिरोईन ६ सय मिलिग्रामसहित सोही ठाउँ बस्ने  ३४ वर्षीय राम बिलाश रानालाई प्रहरीले पक्राउ गरेको छ ।

जिल्ला प्रहरी कार्यालय कैलालीबाट खटिएको प्रहरीले उनलाई उक्त लागूऔषधसहित पक्राउ गरेको हो । यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको जनाएकाे छ ।

प्रकाशित मिति : २१ असार २०८०, बिहिबार  १ : १४ बजे