Logo

Breaking News 1

सभामुखसमेत जोडेर सत्तारुढ गठबन्धनले कोसी सरकारमा दाबी गर्दै



विराटनगर । कोसी प्रदेश सरकारको नेतृत्वमा आज दाबी प्रस्तुत हुँदै छ । कोसी सरकार निमार्णका लागि प्रदेश प्रमुखले दिएको समय सिमा आज सकिदैँ गर्दा नयाँ सरकारको दाबी पेस गर्न लागेका हुन् ।

नेपाली कांग्रेस तथा नेकपा माओवादी केन्द्रलगायतका दलले सभामुखलाई समेत जोडेर प्रदेश सरकारमा दाबी प्रस्तुत गर्न लागेका छन ।

तर, नेकपा एमालेले भने राजनीतिक दल परित्याग गरेको घोषणा गरेका सभामुखलाई प्रदेश सरकार गठनमा जोडन नमिल्ने भन्दै अस्विकार गर्ने जनाएको छ ।

प्रकाशित मिति : २१ असार २०८०, बिहिबार  ८ : १७ बजे