Logo

Breaking News 1

बाढी र पहिरोका कारण हाल तीनवटा सडकखण्ड अवरुद्ध



काठमाडौं । बाढी र पहिरोका कारण हाल तीनवटा सडकखण्ड अवरुद्ध भएका छन् । सडक विभागका अनुसार आज बिहान ६ः१५ बजेको तथ्यांकअनुसार देशभरका पाँचवटा सडकमा सवारी आवगमन ठप्प छ ।

मेची राजमार्ग, तमोर करिडोर र कोसी राजमार्ग अवरुद्ध रहेकाे सडक विभाग उल्लेख गरेकाे छ ।

विभागका अनुसार एकतर्फी अवरुद्ध भएका सडकको संख्या १३ छ । अवरुद्ध भएर खुलेका सडकको संख्या ५४ रहेको सडक विभागले जनाएको छ ।  यो वर्ष हालसम्म ७२ वटा सडकखण्ड अवरुद्ध भइसकेका छन् ।

प्रकाशित मिति : २० असार २०८०, बुधबार  ९ : ०९ बजे