Logo

मुख्य समाचार

पछिल्लो २४ घन्टामा २२ सय सवारी चालक कारबाहीमा



काठमाडौं । ट्राफिक नियम उलङघनको आरोपमा २ हजार बढी सवारी चालक कारबाहीमा परेका छन् । काठमाडौं उपत्यका ट्राफिक कार्यालयका अनुसार पछिल्लो २४ घन्टामा २ हजार २०३ सवारी साधन र चालक कारबाहीमा परेका छन् ।

जसअनुसार मापसेमा ६९, लेन उलङघनमा १२०, रेड लाइट प्रवेशमा ७३, चर्को हर्नमा २८ जना सवारी चालक कारबाहीमा परेका छन् ।

यसैगरी, नम्बर प्लेट २१, लिडारगनमा १४७  र अन्य १ हजार ७ सय ४५ गरी २ हजार २०३ सवारी चालकलाई कारबाही गरिएको ट्राफिक प्रहरीले जनाएको छ ।

प्रकाशित मिति : २० असार २०८०, बुधबार  ८ : १६ बजे