Logo

Breaking News 1

पाँचवटा प्रदेशमा भारी वर्षाकाे सम्भावना



काठमाडाैं । हाल देशमा मनसुनी वायुको प्रभाव रहेको जल तथा माैसम पूर्वानुमान महाशाखाले जनाएकाे छ । जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाका अनुसार हाल देशभर सामान्य देखि पूर्ण बदली रहेको छ। कोशी, बागमती, गण्डकी र कर्णाली प्रदेशका थोरै स्थानहरूमा हल्का देखि मध्यम वर्षा भइरहेको छ ।

आज दिउँसो देशभर आंशिकदेखि सामान्य बदली रहनेछ देशका केही स्थानहरूमा हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको साथै मधेश, लुम्बिनी र सुदूरपश्चिम प्रदेशको एक/दुई स्थानमा मेघ/गर्जनरचट्याङसहित भारी वर्षाको समेत सम्भावना रहेकोछ तथा लुम्बिनी र सुदुरपश्चिम प्रदेशका तराईका थोरै स्थानहरूमा हावा हुरीको समेत सम्भावना रहेको विभागले जनाएको छ ।

आज राति देशभर आंशिकदेखि सामान्य बदली रहनेछ भने देशका केही स्थानहरूमा हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको तथा लुम्बिनी र सुदूरपश्चिम प्रदेशको एक-दुई स्थानमा मेघ-गर्जन/चट्याङसहित भारी वर्षाको समेत सम्भावना रहेको विभागले जनाएकाे छ ।

प्रकाशित मिति : २० असार २०८०, बुधबार  ६ : ०९ बजे