Logo

समाचार

बोलेको कुरा पुरा गर्न गगन थापालाई बालेनको आग्रह



काठमाडौं । काठमाडौं महानगरपालिकाका मेयर बालेन्द्र शाहले कांग्रेस महामन्त्री गगन थापालाई आफूले बोलेको कुरा पूरा गर्न आग्रह गरेका छन् ।

बालेनले थापाले बोलेको झोला बोकेर प्राध्यापक, कर्मचारी र विद्यार्थी विश्वविद्यालयमा छिर्न पाइँदैन भनेको विषय पूरा गर्न आग्रह गरेका हुन् ।

‘माननीय गगन थापाज्यू, दलको हिजो एक कार्यक्रममा झोला बोकेर प्राध्यापक, कर्मचारी र विद्यार्थी विश्वविद्यालय छिर्न पाइँदैन भनेर त भन्नुभयो । नेपाली
कांग्रेसको महामन्त्रीज्यूले नै भनेपछि काठमाडौं महानगरभित्रका सबै विद्यालय, शिक्षण संस्था, कार्यलय, सबैतिर कांग्रेस पार्टीको कुनै पनि भ्रातृ संगठन नभएको घोसणा गर्दछौँ, बालेनले फेसबुकमा लेखेका छन्, ‘बोलेको कुरा, पूरा गर्नुहोला माननीयज्यू ।’

प्रकाशित मिति : १९ असार २०८०, मंगलबार  ९ : १९ बजे