काठमाडौं । सातौँ स्थानको प्लेअफ खेलमा नेपाल आयरल्याण्डसँग २ विकेटले पराजित भएको छ । जिम्बाब्बेमा भएको खेलम नेपालले पहिला व्याटिङ गर्दै २६९ रनको लक्ष्य दिएको थियो ।
नेपालका लागि गुल्सन झाले नटआउट ५७ रन बनाए भने सन्दिप लामिछाने ३२ रनमा आउट भए । अर्जुन साउद ४९ रनमा आउट भए । त्यस्तै कुशल मल्ल ४४, कप्तान रोहित पौडेल २९ र भीम सार्की २० रनमा आउट भए ।
जवाफी व्याटिङमा आएको आयरल्याण्डले ४९ दशमलव २ ओभरमा ८ विकेटको क्षतिमा लक्ष्य भेटायो । आयरल्याण्ढ टेस्ट मान्यता पाएको र निरन्तर एकदीवसीय विश्वकप क्रिकेट खेल्दै आएको देश हो ।
प्रतिक्रिया