Logo

मुख्य समाचार

एसईईको नतिजा पुरानै ग्रेडिङ प्रणालीअनुसार सार्वजनिक हुने



काठमाडौं । राष्ट्रिय परीक्षा बोर्डले माध्यमिक शिक्षा परीक्षा (एसईई)को नतिजा पुरानै ग्रेडिङ प्रणाली अनुसार सार्वजनिक गर्ने भएको छ ।

बोर्डका अध्यक्ष महाश्रम शर्माले पुरानो पाठ्यक्रमको अन्तिम शैक्षिक सत्र भएकाले पुरानै लेटर ग्रेडिङ निर्देशिका–२०७२ अनुसार नतिजा सार्वजनिक गर्ने निर्णय भएको जानकारी दिए ।

निर्देशिकामा सैद्धान्तिक र प्रयोगात्मकको अंक जोडेर ३५ प्रतिशत अंक ल्याएपनि विद्यार्थी ग्रेडिङमा पर्ने व्यवस्था छ भने निर्देशिका २०७८ मा सैद्धान्तिक विषयमा अनिवार्य ३५ र प्रयोगात्मकतर्फ ४० प्रतिशत अंक ल्याउनुपर्ने व्यवस्था छ ।

गत चैत १७ देखि २९ गतेसम्म सञ्चालन भएको एसईईको नतिजा शुक्रबारसम्म सार्वजनिक गर्ने वोर्डको तयारी छ ।

प्रकाशित मिति : १९ असार २०८०, मंगलबार  ८ : १२ बजे