काठमाडौं । नेपाल राष्ट्र बैंकले मंगलबारका लागि विदेशी मुद्राको विनिमय दर तोकेको छ । जसअनुसार भारतीय रूपैयाँ एक सयको खरिद दर १६० रूपैयाँ रहेको छ भने बिक्री दर १६० रूपैयाँ १५ पैसा रहेको छ ।
नेपाल राष्ट्र बैंकका अनुसार आज अमेरिकी डलरको खरिद दर १३० रूपैयाँ ८४ पैसा र बिक्री दर १३१ रूपैयाँ ४४ पैसा तथा युरो एकको खरिद दर १४२ रूपैयाँ ५४ पैसा र बिक्री दर १४३ रूपैयाँ १९ पैसामा काराेबार गर्न सकिने भएकाे छ ।
हिजो अमेरिकी डलर एकको खरिद दर १३०.९७ रुपैयाँ रहेको छ भने बिक्री दर १३१.५७ रुपैयाँ रहेको थियाे भने युरोपियन युरो एकको खरिद दर १४२.९१ रुपैयाँ रहेको छ भने बिक्री दर १४३.५७ रुपैयाँ कायम गरी काराेबार हुन गएकाे थियाे ।
बेलायती पाउण्ड स्टर्लिग एकको खरिद दर १६५ रूपैयाँ ८४ पैसा र बिक्री दर १६६ रूपैयाँ ६० पैसा, अस्ट्रेलियन डलर एकको खरिद दर ८७.७ रुपैयाँ रहेको छ भने बिक्री दर ८७.४७ रुपैयाँ तथा क्यानेडियन डलर एकको खरिददर ९८ रुपैयाँ ७२ पैसा र बिक्रीदर ९९ रुपैयाँ १७ पैसामा काराेबार गर्न सकिनेछ ।
उता, जापानिज येन १० को खरिदमा ९ रुपैयाँ ४ पैसा र बिक्रीदर ९ रुपैयाँ ८ पैसा तथा दक्षिण काेरिया १०० को खरिदमा १० रूपैयाँ १ पैसा र बिक्रीदर १० रूपैयाँ ५ पैसामा काराेबार हुनेछ ।
यसैगरी, कतारी रियालको मूल्य एकको खरिद दर ३५ रूपैयाँ ९० पैसा र बिक्री दर ३६ रूपैयाँ ०७ पैसामा काराेबार हुने जनाएकाे राष्ट्र बैंकले साउदी रियाल एकको खरिद दर ३४.८८ रुपैयाँ रहेको छ भने बिक्री दर ३५.०४ रुपैयाँ तथा मलेसियन रिंगिट एकको खरिद दर २८.०३ रुपैयाँ रहेको छ भने बिक्री दर २८.१६ रुपैयाँमा किनबेच हुुनेछ ।
प्रतिक्रिया