Logo

Breaking News 1

इन्धनको मुल्य घट्यो, ग्याँसको स्थीर



काठमाडौं । नेपाल आयल निगमले पेट्रोलियम पदार्थको मूल्य घटाएको छ । निगमले सोमबार राति १२ बजेटदेखि लागु हुने गरी मूल्य घटाएको हो ।

निगमका अनुसार पेट्रोल तथा डिजेल/मट्टितेलमा पहिलो, दोस्रो तथा तेस्रो वर्गका लागि क्रमशः प्रतिलिटर ७.५० रुपैयाँ, ६ रुपैयाँ र ५ रुपैयाँले घटाइएको छ ।

निगमले पेट्रोल, डिजेल र मट्टीतेलमा देशभरको मूल्यमा लिटरको ५ रूपैयाँदेखि साढे सात रूपैयाँसम्म घटाएको छ । निगमका अनुसार यी तीन पेट्रोलियम पदार्थको मुल्य पहिलो वर्गअन्तर्गत साढे ७ रूपैयाँ, दोस्रो वर्गअन्तर्गत ६ रूपैयाँ र तेस्रो वर्गअन्तर्गत ५ रूपैयाँ प्रतिलिटर घटाइएको हो ।

पहिलो वर्गमा झापाको चारआली, विराटनगर, वीरगन्ज, जनकपुर, अमलेखगन्ज, भलवारी, नेपालगन्ज र धनगढी क्षेत्र पर्छन् । यी क्षेत्रमा अब पेट्रोलको मुल्य १६७ रूपैयाँ ५० पैसा प्रतिलिटर कायम भएको छ । डिजेल र मट्टीतेल १४७ रूपैयाँ ५० पैसा कायम भएको हो । त्यस्तै दोस्रो वर्गमा सुर्खेत र दाङ क्षेत्र पर्छन् । यो क्षेत्रमा अब पेट्रोलको मुल्य १६९ रूपैयाँ प्रतिलिटर पर्नेछ । त्यस्तै डिजेल र मट्टीतेल १४९ रूपैयाँ पर्नेछ ।

तेस्रो वर्गअन्तर्गत काठमाडौं, पोखरा र दिपायल क्षेत्र पर्छन् । यो क्षेत्रमा अब पेट्रोलको मुल्य १७० रूपैयाँ प्रतिलिटर पर्नेछ । डिजेल र मट्टीतेल १५० रूपैयाँ पर्नेछ ।

त्यस्तै आन्तरिकतर्फको हवाई इन्धनमा प्रतिलिटर १४ रुपैयाँ तथा अन्तर्राष्ट्रियतर्फको हवाई इन्धनको खुद्रा बिक्री मूल्यमा प्रति किलोलिटर अमेरिकी डलर ११५ ले कम गरिएको निगमले जनाएको छ ।

प्रकाशित मिति : १८ असार २०८०, सोमबार  ९ : २६ बजे