Logo

Breaking News 1

प्रतिनिधिसभा बैठक : आर्थिक र राष्ट्र ऋण उठाउने विद्येयकमाथि छलफल हुँदै



काठमाडौं । प्रतिनिधिसभा बैठक बस्दै छ । संघीय संसद भवन, नयाँ बानेश्वरमा उक्त बैठक बस्न लागेको हो । बैठक ११ बजे बिहान बोलाइएको छ । आजको बैठकमा आर्थिक विद्येयक २०८० माथी छलफल हुनेछ भने सो विद्येयकमाथि प्राप्त संसोधनहरुलाई निर्णयार्थ प्रस्तुत गरिनेछ ।

संघीय संसद सचिवालयले सार्वजनिक गरेको सम्भावित कार्यसुची अनुसार अर्थमन्त्री प्रकाशशरण महतले आर्थिक विद्येयक २०८०  पारित गरियोस भन्ने प्रस्ताव प्रस्तुत गर्दै राष्ट्र ऋण उठाउने विद्येयक २०८० माथिको दफावार छलफल सदनमा गरियोस भन्ने प्रस्ताव प्रस्तुत गर्नेछन् ।

सो राष्ट ऋण उठाउने बिद्येयक २०८० माथी प्राप्त संसोधनहरुलाई निणयार्थ प्रस्तुत गरिनेछ भने सो बिद्येयक पारित गरियोस भन्ने प्रस्ताव पेश हुने संघीय संसद सचिवालयका महासचिव भरतराज गौतमले सार्वजनिक गरेको सम्भावित कार्यसुचीमा उल्लेख छ ।

प्रकाशित मिति : १७ असार २०८०, आइतबार  ६ : १९ बजे