Logo

मुख्य समाचार

फ्रान्समा दंगा भड्कियो, दुईसय प्रहरी घाइते



काठमाडौं । फ्रान्समा दंगा भड्किएको छ । १७ वर्षीय नाहल एमको प्रहरीले हत्या गरेपछि मंगलवारबाट फ्रान्स तनावग्रस्त बनेको हो ।

प्रहरीले अहिलेसम्म १ हजार ३ सय बढिलाई पक्राउ गरेको छ । दंगामा परेर २ सयभन्दा बढी प्रहरी अधिकारी घाइते भएको अन्तर्राष्ट्रिय सञ्चारमाध्यमहरुले बताएका छन् ।

पेरिसको नानतेरेमा बस्ने नाहललाई मंगलबार बिहान ट्राफिक प्रहरीले रोक्दा नरोकिएपछि उनीमाथि प्रहरीले गोली चलाएको थियो । अल्जेरियाली मूलका नाहलको हत्यापछि फ्रान्सेली नागरिकले प्रदर्शन शुरु गरेका थिए ।

आरोपित प्रहरीलाई जेल पठाइएको छ।

प्रकाशित मिति : १६ असार २०८०, शनिबार  ८ : २५ बजे