Logo

खेलकुद

चारपटक विश्वकप जीतेको वेष्टइन्डिज छनोट चरणबाटै बाहिरियो



काठमाडौँ । चार पटकको विश्वकप विजेता वेस्टइन्डिज आइसिसी विश्वकप छनोट २०२३ मा खराब प्रदर्शनसँगै छनोटबाटै बाहिरिएको छ ।

सुपर सिक्सअन्तर्गत पहिलो खेलमै स्कटल्यान्डसँग ७ विकेटले पराजित भएसँगै दुईपटक एकदिवसीय र टि २० विश्वकप विजेता वेस्टइन्डिज भारतमा हुने एकदिवसीय विश्वकप छनोट चरणबाटै बाहिरिएको हो ।

वेस्टइन्डिज इतिहासमै पहिलोपटक विश्वकपमा पुग्न नसकेको हो । जितको लागि १ सय ८२ रनको मध्यम लक्ष्य स्कटल्यान्डले ४३ दशमलव ३ ओभरमा ३ विकेट गुमाउँदै पूरा गरेको हो ।

प्रकाशित मिति : १६ असार २०८०, शनिबार  ८ : ०९ बजे