Logo

धर्म / संस्कृति

आजकाे राशिफल



आज मिति २०८० असार १६ गते, शनिवार, १ जुलाई २०२३। आषाढ शुक्लपक्ष त्रयाेदशी तिथि। अनुराधा नक्षत्र, १३ः१८ बजेपछि ज्येष्ठा। चन्द्रराशि– वृश्चिक।
मेस
आफ्ना वस्तु तथा काममाथि अरूले नियन्त्रण गर्न सक्छन्। व्यवसाय र अध्ययनमा समय दिन नसकिएला। आर्थिक लाभ नहुने जिम्मेवारी वहन गर्नुपर्ला। यात्रा अलि कष्टपूर्ण हुनेछ। गलत व्यक्तिको विश्वास गर्दा काम रोकिन सक्छ।
बृष
अतिथिका रूपमा मानसम्मान प्राप्त होला। साथीभाइसँग भेटघाट हुनेछ। तर सरसापटमा केही रकम बाहिरिन सक्छ। आफ्ना कमजोरीको फाइदा उठाउनेहरू सक्रिय हुनेछन्। व्यापारिक लगानीमा जोखिम बढ्न सक्छ।
मिथुन
योजना गोप्य राखेर अघि बढ्नुहोला, बिस्तारै फाइदा हुनेछ। चुनौती चिर्दै काम बनाउन सकिनेछ। स्वास्थ्य सबल रहनेछ भने पराक्रमद्वारा अधिकार स्थापित गर्न सकिनेछ। प्रतिस्पर्धामा पनि विजयी भइनेछ।
कर्कट राशि
तापनि बुद्धिको उपयोगले विद्या तथा धन आर्जन हुनेछ र सम्पादित कामबाट मनग्य धन लाभ हुनेछ। अध्ययनको लगावले बौद्धिक क्षेत्र फराकिलो बन्नेछ। व्यापार, पशुपालन र कृषि क्षेत्रबाट लाभ मिल्नेछ।
सिंह राशि
हतारको निर्णयले काम बिग्रन सक्छ। महत्त्वाकांक्षी काममा आफ्नैले बाधा पुर्याउन सक्छन्। अरूको फाइदाका लागि उपयोग भइने सम्भावना छ। मान्यजनको मन जित्ने प्रयत्न गर्नुहोला।
कन्या राशि
चिताएको काममा सोचेजस्तै सफलता मिल्नेछ। दाजुभाइमा आत्मीयता बढ्नेछ भने प्रेम र मित्रताको बन्धनसमेत कसिलो हुनेछ। लगानी गर्दा व्यवसायमा मनग्य धनलाभ हुनेछ।
तुला राशि
लेखन तथा सिर्जनात्मक कामबाट ख्याति मिल्न सक्छ। प्रयत्न गर्दा बोलीको भरमा काम बन्नेछ। आलोचकहरूले समेत प्रशंसा गर्न थाल्नेछन्। मिहिनेतले सम्मानित स्थान दिलाउनेछ।
बृश्चिक राशि
नयाँ कामको प्रस्ताव आउनेछ भने सहयोगीहरू प्रशस्तै भेटिनेछन्। पहिलेको सफलताले हौसला जगाउनेछ। आफन्तसँग भेटघाट हुनुका साथै स्वादिष्ट भोजनको आनन्द प्राप्त हुनेछ।
धनु राशि
ठूलो प्रयत्नले सामान्य उपलब्धि दिलाउनेछ। पछिका लागि लगानी गर्ने अवसर प्राप्त हुनेछ। तर शुभचिन्तकहरूलाई बेवास्ता गर्दा दुःख पाइएला। परिवारजनबाट समेत टाढिनुपर्ला। प्रलोभन देखाउनेहरूले फसाउन सक्छन्।
मकर राशि
मिहिनेत गर्दा आम्दानीका स्रोत फेला पर्नेछन्। विभिन्न अवसरले पछ्याउनेछन् भने भविष्यका लागि जग बसाउने मौका छ। आजको मिहिनेतले भविष्यमा नाम र प्रतिष्ठा दिलाउन सक्छ। प्रयत्न गर्दा राम्रै अवसर जुट्नेछ।
कुम्भ राशि
आफ्नो क्षेत्रमा राम्रै प्रभाव जमाउन सकिनेछ। दाम र प्रतिष्ठा कमाउने बेला छ। सामाजिक दायित्व बढ्नेछ। भूमि, वाहन र पैत्रिक सम्पत्तिबाट लाभ मिल्नेछ। व्यापारमा पनि प्रशस्त फाइदा हुनेछ। कीर्तिमानी काम गर्ने समय छ।
मीन राशि
चुनौतीपूर्ण जिम्मेवारी आए पनि बुद्धि–विवेकले काम सम्पादन गर्न सकिनेछ। सहयोगीहरूले साथ दिनेछन् भने अहिले मिहिनेत गर्दा पछिसम्म लाभ भइरहने छ।

प्रकाशित मिति : १६ असार २०८०, शनिबार  ६ : ०८ बजे