Logo

कर्पोरेट

एक हप्ता ‘ग्रिन विक’ मनाउँदै नबिल बैंक



काठमाडौं । नबिल बैंकले साताव्यापी ‘नबिल ग्रिन विक’ आयोजना गर्ने भएको छ ।

नबिल दिगो बैंकिङको दोस्रो वार्षिकोत्सवको अवसर पारेर बैंकले सप्ताहव्यापी कार्यक्रम आयोजना गर्न लागेको हो ।

बैंकिङ क्षेत्रमा वातावरणीय र सामाजिक सचेतनाका लागि साताव्यापी नबिल ग्रिन विक’ कार्यक्रम गर्न लागेको बैंकका प्रमुख कार्यकारी अधिकृत ज्ञानेन्द्रप्रसाद ढुङ्गानाले बताए ।

नबिल सस्टेनेबल बैंकिङले शुरुवातदेखि नै सामाजिक र वातावरणीय चुनौतिलाई सम्बोधन गर्न दिगो अभ्यासलाई प्रवद्र्धन गरिरहेको उनको भनाई छ । उनले नबिल ग्रिन विक कार्यक्रमले ग्रामीण क्षेत्रमा वित्तीय पहुँच बिस्तार, बजार पहुँच र वित्तीय समावेशितालाई विस्तार र कृषि तथा साना व्यवसायमा वित्तीय सेवा दिएर स्थानीय आर्थिक विकासमा टेवा पुग्ने लक्ष्य राखेको बताए ।

बैंकले नबिल किसान कर्जा र नबिल उद्यमशील कर्जामार्फत वित्तीय पहुँच बिस्तार गरिरहेको र एक साता नबिल ग्रिन विकमार्फत कृषिको व्यवसायीकरण र उद्यमशीलता विकास गर्न सहयोग पुग्ने विश्वास लिएको बैक.ले जनाएको छ । नविल बैंकको जस्तै सबै बैंकहरुले दिगो बैंकिङ सेवा विस्तार गर्न आवश्यक रहेको उनको भनाई छ ।

नबिल बैंकका अध्यक्ष उपेन्द्रप्रसाद पौडेलले साताव्यापी ‘नबिल ग्रिन विक’ मनाउनुको उद्देश्य दिगो विकासका लक्ष्य पूरा गर्नको लागि बैंकको भुमिका निर्वाह गर्ने भएको बताए । उनले बैंकिङ सेवा शहर केन्द्रित मात्रै नभएर ग्रामिण क्षेत्र केन्द्रित भएर गर्नु आवश्यक रहेको बताए ।

प्रकाशित मिति : १५ असार २०८०, शुक्रबार  ८ : ५१ बजे