सुर्खेत । कर्णाली प्रदेश सरकारका नौ जिल्लामा आज सार्वजनिक बिदा दिइएको छ । धान दिवसको अवसरमा जुम्लाबाहेक कर्णाली प्रदेशका बाँकी जिल्लामा सार्बजनिक बिदा दिइएको हो ।
गत चैत २९ को मन्त्रिपरिषद् बैठकको निर्णय अनुसार असार १५ मा राष्ट्रिय धान दिवसका अवसरमा जुम्लाबाहेक नौ जिल्लामा सार्वजनिक बिदा दिईएको आन्तरिक मामिला तथा कानुन मन्त्रालयले जानकारी दिएको छ ।
प्रतिक्रिया