Logo

Breaking News 1

कोशी प्रदेश सरकार जोगाउन एमालेको अन्तिम कसरत, एमालेको पत्रपछि रोकियो प्रक्रिया



काठमाडौं । कोशी प्रदेशसभाको बैठक शुक्रबार बिहानसम्मका लागि स्थगित भएको छ ।

बैठक शुक्रबार बिहान ११ बजेका लागि बोलाइएको छ । मुख्यमन्त्री हिक्मतकुमार कार्कीले विश्वासको मतको प्रस्ताव बिहिबारको प्रदेशसभा बैठकमा गरेको भएपनि तयारी नपुगेको भन्दै बैठक शुक्रबारसम्म सार्न एमालेले सभामुखसमक्ष माग गरेको थियो ।

यसअघि बिहिबारको प्रदेशसभाको बैठकमा मुख्यमन्त्री कार्कीले विश्वासको मत मागेका थिए । तर सरकारका पक्षमा नेकपा एमाले र राप्रपाबाहेकका दलले मतदान नगर्ने स्थिती बनेपछि शुक्रबार मत लिने भन्दै बैठक सार्न एमालेले सभामुखलाई औपचारिक रुपमा आग्रह गरेको थियो ।

कोशी प्रदेशसभामा नेकपा एमालेका ४० र राप्रपाका ६ जना सांसद रहेका छन् । सरकार गठनका लागि भने ४७ सांसद आवश्यक पर्छ । ९० सदस्यीय प्रदेशसभामा विपक्षी गठबन्धनको समेत बहुमत पुग्ने अबस्था छैन । कांग्रेस–माओवादी गठबन्धनमा सभामुखबाहेक ४६ जना मात्रै सांसद रहेका छन् । सभामुखले सरकार गठनमा मत दिन मिल्ने वा नमिल्ने भन्ने विषयमा भने सत्तारुढ दल एमाले र विपक्षी गठबन्धनका बिचमा मतभेद छ ।

प्रकाशित मिति : १४ असार २०८०, बिहिबार  १० : २७ बजे