Logo

कोशी

प्रदेशसभा बैठक स्थगित गर्न सभामुखलाई एमालेको पत्र



काठमाडौं । कोशी प्रदेशका मुख्यमन्त्री हिक्मतकुमार कार्कीले शुक्रबार बिहान ८ बजेसम्मका लागि प्रदेशसभा बैठक स्थगित गर्न माग गर्दै सभामुख बाबुराम गौतमलाई पत्र पठाएका छन् ।

विश्वासको मतबारे छलफलमा उठेका प्रश्नको जवाफ दिने तयारीका लागि समय नपुगेको भन्दै कार्की आवद्ध दलले सभामुखलाई पत्र पठाएको हो ।

संसदमा उठेका प्रश्नको जवाफ तयार पार्न भन्दै मुख्यमन्त्री हिँडेका थिए । मुख्यमन्त्री नआएपछि अधा घण्टाका लागि स्थगित गरेको बैठक सुरु हुन सकेको छैन । उनले यसअघि सभामुखलाई फोन गरेर थप एक घण्टाको समय मागेका थिए ।

प्रकाशित मिति : १४ असार २०८०, बिहिबार  ८ : २३ बजे