Logo

मुख्य समाचार

अस्पतालबाट डिस्चार्ज भए राष्ट्रपति पौडेल



काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेल ११ दिनको उपचारपछि स्वास्थ्यलाभ गरी निवास फर्केका छन् ।

असार २ गते उपचारका लागि त्रिभुवन विश्वविद्यालय चिकित्सा शास्त अध्ययन संस्थान अन्तर्गतको मनमोहन कार्डियोथोरासिक भास्कुलर तथा ट्रान्सप्लान्ट सेन्टरमा भर्ना भएका पौडेल स्वास्थ्य लाभ गरी ११ दिनमा फर्किएका हुन् ।

अस्पतालमा उनको छातीमा पेस मेकर राखिएको थियो । उनी आज डिस्जार्च भएर राष्ट्रपति निवास फर्किएको राष्ट्रपतिको कार्यालयका प्रवक्ता शैलजा रेग्मी भट्टराईले जानकारी दिएकी छन् । चिकित्सकका अनुसार उनको स्वास्थ्य अवस्था सामान्य रहेको छ ।

प्रकाशित मिति : १३ असार २०८०, बुधबार  ६ : १७ बजे