काठमाडौं । मेयर बालेन शाहले काठमाडौं महानगरपालिकाका सहकारी संस्थालाई ३० दिनभित्र विवरण पेस गर्न निर्देशन दिएको छ ।
महानगरपालिकाको सहकारी विभागले जारी गरेको सूचना राख्दै मेयर शाहले सहकारीहरुको साधारण सभाको जानकारी, लेखापरीक्षण प्रतिवेदनलगायतका विवरण माग गर्दै ३० दिन भित्र पेश गर्न निर्देशन दिएका हुन् ।
पछिल्लो समय सहकारीमा आर्थिक संकट सिर्जना भएको तथा चरम अनियमिताको खबर सार्बजनिक भइरहेको बेला महानगरले सो सुचना जारी गरेको हो ।
सूचना जारी भएको मितिले ३० दिनभित्र विवरण पेश नगरे महानगरको सहकारी ऐनअनुसार कारबाही गर्ने चेतावनी पनि दिइएको छ ।
प्रतिक्रिया