Logo

समाचार

पचास लाख नपाएर विवाह रद्द गरेका बेहुला मण्डपबाटै पक्राउ



काठमाडौं । प्रहरीले मागेजति दाइजो नदिएको भन्दै विवाह रद्द गर्ने एक युवकलाई विवाह मण्डपबाटै पक्राउ गरेको छ ।

काठमाडौंको नक्सालस्थित एक पार्टी प्यालेसबाट अमेरिकी ग्रिनकार्ड लिएका सुनसरी दुहवी नगरपालिका वडा नम्बर ६ स्थायी घर भएका काठमाडौं ताहाचल बस्ने अनुराग रौनियार (बेहुला)लाई मण्डपबाटै पक्राउ गरेको हो ।

पार्टी प्यालेसमा बिवाह हुँदै गर्दा रौनियार पक्षले आफुहरुले मागेजती दाईजो नपाएको भन्दै बिवाह रद्द गर्ने निर्णय गरेपछि विवादका क्रममा मण्डपमा रहेकी बेहुलीलाई समेत गाली बेईजती तथा हातपात गरेको बताएको छ ।

बेहुला पक्षले बिवाहमा आफुहरुले मागेजति दाईजो नपाएको र जन्तीलाई राम्रो स्वागत समेत नभएको भन्दै ५० लाख नपाए विवाह रद्द गर्ने धम्की दिएको प्रहरीले जनाएको छ । प्रहरीका अनुसार बेहुला पक्षले पटक पटक गरी २२ लाख रुपैया भने पहिला नै लिएका थिए ।

प्रकाशित मिति : १२ असार २०८०, मंगलबार  १० : २० बजे