Logo

धर्म / संस्कृति

पशुपतिनाथमा बुधबार जलहरी राखिने



काठमाडौं । पशुपतिनाथ मन्दिरमा बुधबार बिहान ८ बजे जलहरी राख्ने तयारी भएको छ । यसअघि पशुपतिनाथमा जलहरी राख्दा अनियमितता भएको आशंकामा अख्तियार दुरुपयोग अनुसन्धान आयोगले छानबिन गर्न जलहरी निकालेको थियो ।

आइतबार पशुपतिनाथ मन्दिरको गर्भगृहमा राखिएको जलहरी नापजाँच समेत भएको छ । तर यसबारेमा आयोगले अहिलेसम्म आधिकारिक जानकारी दिइसकेको छैन ।

प्रकाशित मिति : १२ असार २०८०, मंगलबार  १० : ०९ बजे