Logo

Breaking News 1

ललिता निवास प्रकरणमा पक्राउ परेका तीनजना छुटे



काठमाडौं । ललिता निवासको जग्गा हिनामिना प्रकरणमा पक्राउ परेका ३ जना रिहा भएका छन् ।

सरकारी लिखत किर्ते गरेर बालुवाटारस्थित ललिता निवासको जग्गा हिनामिना गरेको कसुरमा नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान व्यूरोले भाटभटेनी सुपरमार्केटका सञ्स्थापक मीनबहादुर गुरुङसहित ७ जनालाई पक्राउ गरेको थियो ।

तर पक्राउ गरेका सुरेन्द्रमान कपाली, मालपोत कार्यालय डिल्लीबजारका तत्कालीन प्रमुख कलाधर देउजा र हुपेन्द्रमणि केसी भने रिहा भएका हुन् ।

अख्तियार दुरुपयोग अनुसन्धान आयोगले विशेष अदालतमा दायर गरेको भ्रष्टाचार मुद्दा विचाराधीन रहेकै अवस्थामा फेरि यसैसँग सम्बन्धित अर्को मुद्दामा पक्राउ नगर्न सर्वोच्चले पहिल्यै अन्तरिम आदेश दिएको पाइएपछि तीनजना रिहा भएका हुन् ।

ललितानिवासको २९९ रोपनी जग्गामध्ये १ सय १४ रोपनी जग्गा हिनामिना भएको अनुसन्धानबाट खुलेको छ ।

प्रकाशित मिति : १२ असार २०८०, मंगलबार  ९ : ३७ बजे