Logo

अर्थ

बिहीबार सेयर बजार, बैंक तथा वित्तीय संस्था बन्द हुने



काठमाडौ। सरकारले बकर इदको अवसरमा आउँदाे बिहीबार सार्वजनिक बिदा दिएको छ । गृह मन्त्रालयले  मंगलबार सूचना जारी गरेर इस्लाम धर्मावलम्बीहरुको पर्व बकर इदको अवसरमा नेपाल राजपत्रमा प्रकाशित सूचना अनुसार बिदा दिइएको बताएको छ ।

सरकारको यो निर्णयसँगै उक्त दिन सबै सरकारी कार्यालय लगायत सेयर बजार, बैंक तथा वित्तीय संस्था पनि उक्त दिन बन्द हुनेछन् ।

प्रकाशित मिति : १२ असार २०८०, मंगलबार  ३ : ३३ बजे