Logo

Breaking News 1

ललिता निवास प्रकरण : पूर्व निर्वाचन आयुक्त सुधीरकुमार शाह पक्राउ



काठमाडौं । ललिता निवास प्रकरणको अनुसन्धान गरिरहेको प्रहरीले पूर्वनिर्वाचन आयुक्त सुधीरकुमार शाहलाई पक्राउ गरेको छ ।  केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी)को टोलीले उनलाई पक्राउ गरेको हो ।

शाह २०७३ फागुन ५ देखि २०७५ चैत २८ गतेसम्म निर्वाचन आयुक्त थिए । गृह मन्त्रालयकै सहसचिवबाट अवकाश पाएका तत्कालीन शाखा अधिकृत सुधीरकुमार शाह भक्तपुर मालपोत कार्यालयमा शाखा अधिकृत थिए । राणा परिवारसँगको नाता पनि पर्ने उनले ललिता निवासको जग्गा हत्याउने क्रममा पर्दा पछाडिबाट सहयोग गरेको केन्द्रीय अनुसन्धान व्यूरो स्रोतले बतायो ।

निर्वाचन आयोगका पूर्व आयुक्तसमेत रहेका सुधीरकुमारले पत्नी उर्मिला शाहको नाममा एक रोपनी ११ आना जग्गा पाएका श्रोतको दाबी छ ।

तत्कालिन प्रधानमन्त्री माधवकुमार नेपालको पालामा मन्त्रिपरिषद्को बैठकले बाटो निर्माण तथा प्रधानमन्त्री निवास विस्तारका लागि ललिता निवासको रुपमा रहेको जग्गा व्यक्तिका नाममा र व्यक्तिको नाममा रहेको जग्गा सरकारको नाममा साटफेर गर्ने निर्णय भएको थियो । उक्त जग्गा साटफेर गर्ने क्रममा सयौं रोपनी जग्गा अपचलन भएको भन्दै अख्तियारमा उजुरी परेको थियो ।

यस प्रकरणमा तत्कालिन प्रधानमन्त्री नेपालसहित बाबुराम भट्टराई तथा पूर्व उपप्रधानमन्त्री विजयुमार गच्छेद्धारसहित १७५ जना मुछिएका छन् ।

प्रकाशित मिति : १२ असार २०८०, मंगलबार  ३ : ३२ बजे