Logo

Breaking News 1

संवैधानिक व्यवस्था अनुसार न्यायाधीश नियुक्त गरिनेछ : मन्त्री गुरुङ



काठमाडौं। कानुन, न्याय तथा संसदीय मामिलामन्त्री धनराज गुरुङले संवैधानिक व्यवस्था अनुसार नै न्यायाधीशहरु नियुक्त गरिने जानकारी दिएका छन् ।

मंगलबार बसेको प्रतिनिधिसभा बैठकमा कानुन, न्याय तथा संसदीय मामिला मन्त्रालयको विनियोजन शीर्षकमाथि सांसदहरुले उठाएका प्रश्न र जिज्ञासाको जवाफ दिँदै उनले संवैधानिक व्यवस्था अनुसार नै न्यायाधीश नियुक्त गरिने जवाफ दिएका हुन् ।

राजनीतिक भागबण्डामा न्यायाधीश नियुक्त हुने गरेको आंशकाप्रति जवाफ दिँदै मन्त्री गुरुङले संविधानले व्यवस्था गरेअनुसार नै न्यायाधीश नियुक्त हुने बताए ।

प्रकाशित मिति : १२ असार २०८०, मंगलबार  ३ : ०७ बजे