Logo

धर्म / संस्कृति

आजकाे राशिफल



आज मिति २०८० असार १२ गते, मंगलवार, २७ जुन २०२३। आषाढ शुक्लपक्ष नवमी तिथि। हस्त नक्षत्र, ११ः२९ बजेपछि चित्रा। चन्द्रराशि– कन्या।

मेश राशि

मिहिनेतले राम्रै प्रतिफल दिलाउनेछ। प्रयत्न गर्दा दिगो फाइदा हुने काम हातलागी हुनेछ। चुनौती चिर्दै काम बनाउन सकिनेछ। शत्रुहरू किनारा लाग्नेछन् भने प्रतिस्पर्धामा विजयी भइनेछ।

बृष राशि

सुखद समाचारले दिन उत्साहपूर्ण रहनेछ। अध्ययनको लगावले बौद्धिक क्षेत्र फराकिलो बन्नेछ। प्रतिष्ठित काम सम्पादन गर्ने अवसर प्राप्त हुनेछ।

मिथुन राशि
नजिकका साथीभाइसँग असमझदारी बढ्नेछ भने काम बिग्रने डरले सताउन सक्छ। समयमा सजग नबन्दा शुभचिन्तकहरू समेत टाढिन सक्छन्। तर मिहिनेत गर्दा जटिल ठानिएको काम पनि सम्पादन हुनेछ।
कर्कट राशि
काममा मिहिनेतको फल प्राप्त हुनेछ। साथीभाइले राम्रै सहयोग जुटाउनेछन्। रचनात्मक काममा जुट्ने समय छ। रोकिएका काम पुनः सुरु हुन सक्छन्।
सिंह राशि
सुखद् समाचारले उत्साह जगाउनेछ। आम्दानीका स्रोत बढ्नुका साथै दिगो फाइदा हुने काममा सम्झौता गर्ने समय छ। नयाँ काम प्रारम्भ हुनेछ। मिहिनेतले सम्मानित स्थान दिलाउन सक्छ।
कन्या राशि
पहिलेको सफलताले काममा हौसला जगाउनेछ। नयाँ कामको प्रस्ताव आउनेछ भने सहयोगीहरू प्रशस्तै भेटिनेछन्। बिछोडिएका परिवारजनसँग भेटघाट हुनेछ।
तुला राशि
अवसरको खोजीमा केही दौडधुप गर्नुपर्ला। तापनि उपलब्धिमूलक यात्रा गर्ने प्रक्रिया अघि बढ्न सक्छ। टाढाका साथीभाइसँग आत्मीयता बढ्नेछ।
बृश्चिक राशि
श्रमको उचित मूल्यांकन हुनाले राम्रै प्रतिफल हातलागी हुनेछ। व्यापारमा राम्रै फड्को मार्न सकिनेछ। सट्टापट्टा, लेनदेन आदिमा मनग्य फाइदा हुनेछ। मिहिनेतले लक्ष्यमा पुर्याउनेछ।
धनु राशि
विशिष्ट व्यक्तिहरूसँग मित्रता बढ्न सक्छ। भेटघाटले समेत उत्साह बढाउला। आफ्नो क्षेत्रमा प्रभुत्व जमाउन सकिनेछ।
मकर राशि
चुनौतीहरू स्वतः हट्नेछन् भने अवसर तथा सफलताले पछ्याउनेछन्। टाढिएका मित्रगण नजिकिनाले प्रसन्नता मिल्नेछ।
कुम्भ राशि
मिहिनेत गर्दा पछिका लागि फाइदा हुनेछ। तत्काल लाभ नभए पनि समस्या सुल्झाउन सकिनेछ। स्वास्थ्यका लागि निश्चित समय आराम गर्नुपर्ला। गोपनीयतामा ध्यान पुर्याउनुहोला।
मिन राशि
हातमा आएको रकम अरूका लागि खर्चनुपर्नेछ। आफ्ना योजना गोप्य राखेर अघि बढ्नुहोला। सुखदुःखमा साथ दिनेहरू प्रशस्तै भेटिनेछन् र परिवारजनको साथले नयाँ आशा जगाउनेछ।

प्रकाशित मिति : १२ असार २०८०, मंगलबार  ५ : ५९ बजे