Logo

Breaking News 1

भारतसँग भयो ५ वर्षे विद्युत व्यापार सम्झौता



काठमाडौं । नेपाल भारतबिच विद्युत व्यापार सम्झौता भएको छ । नेपाल विद्युत प्राधिकरणका अनुसार भारतले एकैपटक ५ वर्षका लागि वर्षायाममा नेपालबाट २ सय मेगावाट विद्युत खरिद गर्नेगरी सरकारी स्तरमा सम्झौता भएको हो ।

भारतसँगको दीर्घकालीन विद्युत व्यापार प्रारम्भिक सम्झौताकै अंगका रुपमा रहने गरी मध्यकालीन विद्युत खरिदका सम्झौता भएको हो ।

नेपाल विद्युत् प्राधिकरण र भारतको एनटीपीसी विद्युत व्यापार निगम लिमिटेडबीच भएको पछिल्लो सम्झौताअनुसार भारतले ५ वर्षसम्म प्रत्येक वर्षायामको ६ महिनामा थप २ सय मेगावाट बिजुली खरिद गर्नेछ ।

प्रतियुनिट ८ रुपैया ४० रुपैयामा प्राधिकरणले भारतीय सरकारी स्वामित्वको कम्पनीलाई विजुली बेच्ने बाटो खुलेको हो ।

प्रकाशित मिति : ११ असार २०८०, सोमबार  १० : २१ बजे