काठमाडौं । नेपाली कांग्रेसकी केन्द्रीय सदस्य तथा सांसद आरजु राणा जापान प्रस्थान गरेकी छिन् ।
सोमबार साँझ उनी जापान प्रस्थान गरेकी हुन् । जेठ ३० गते देउवासहित सिंगापुर गएकी उनी शुक्रबार मात्र नेपाल फर्केकी थिइन् ।
राणा उपचारकै लागि जापान गएको बताइएको छ । यसअघि २०७९ साल भदौमा उनी उपचार गर्न जापान गएकी थिइन् ।
प्रतिक्रिया