Logo

धर्म / संस्कृति

यस्ताे छ आजकाे राशिफल



आज मिति २०८० असार १० गते, आइतवार, २५ जुन २०२३। आषाढ शुक्ल पक्ष सप्तमी तिथि, २०ः४३ बजेपछि अष्टमी। पूर्वफाल्गुनी नक्षत्र, ७ः४४ बजेपछि उत्तरफाल्गुनी। चन्द्रराशि– सिंह, १४ः१८ बजेपछि कन्या ।

मेष राशि

प्रतिष्ठित काम गरेर धेरैको मन लोभ्याउन सकिनेछ। विशिष्ट व्यक्तिहरूसँग मित्रता बढ्नेछ। अध्ययनको लगावले बौद्धिक क्षेत्र फराकिलो बन्नेछ।

बृष राशि

चुनौती पन्छाएर पनि काममा जग बसाउने मौका छ। अरूको व्यवहारले शंका उब्जाए पनि मान्यजनको साथ–सहयाेग प्राप्त हुनेछ।

मिथुन राशि

गरिएका कर्मको सामान्य प्रतिफल पाइनेछ। तर, परिस्थितिले सोचेभन्दा फरक मोड लिन सक्छ। सानोतिनो काममा सञ्चित रकम खर्चनुपर्ला।

कर्कट राशि

टाढिएका मित्रगण नजिकिनाले प्रसन्नता मिल्नेछ। सामाजिक काममा रुचि बढ्नेछ। आवश्यक पर्दा सहयोगीहरूको साथ पाइनेछ।

सिंह राशि

बिछोडिएका आफन्तसँग भेटघाट हुनेछ। स्वादिष्ट भोजनको आनन्द प्राप्त हुनेछ। काममा शुभचिन्तकहरूले साथ दिनेछन्।

कन्या राशि

टाढाका साथीभाइसँग सम्पर्क बढ्नाले यात्रा सम्भावना देखिन्छ। दिउँसाेदेखि परिस्थिति अनुकूल बन्नाले महत्त्वाकांक्षी काम गर्न सफल भइनेछ।

तुला राशि

श्रमको उचित मूल्य पाइनेछ। व्यापारमा राम्रै फड्को मार्न सकिनेछ। रोकिएको काम बन्नेछ र जिम्मेवारी पनि बढ्नेछ। दिउँसोदेखि अवसरका लागि केही दौडधुप गर्नुपर्ला

बृश्चिक राशि

अरूका लागि बुद्धि र श्रम खर्चनुपर्ला। दिउँसाेदेखि रोकिएको काम बन्नेछ भने गरेका कामको राम्रो मूल्यांकन हुनेछ। आम्दानीका नयाँ स्रोत फेला पर्नेछन्।

धनु राशि

आफ्नो क्षेत्रमा प्रभुत्व जमाउन सकिनेछ। साथीभाइको सहयोगले हिम्मत दिलाउनेछ। कीर्तिमानी काम गर्ने समय छ। राम्रो कर्मफल प्राप्त हुनाले मन प्रसन्न रहनेछ।

मकर राशि

कामको चाप बढ्नाले दौडधुप गर्नुपर्ला। दिउँसोदेखि स्थितिमा सुधार आउनाले जाेश–जाँगर बढ्नेछ। गुमेको स्थान प्राप्त हुनाले आफ्नो वर्चस्व बढ्नेछ।

कुम्भ राशि

नयाँ व्यवसाय थालनी हुनेछ। मनोरञ्जनको समय छ। सोखले खर्च बढाए पनि मनपर्ने भौतिक साधन जोड्ने समय छ।

मीन राशि

आफ्ना कामबाट अरूले फाइदा उठाउन सक्छन्। व्यर्थैमा शत्रु बढ्न सक्छन्। स्वास्थ्य-चिन्ताले पनि सताउनेछ। दिउँसाेदेखि स्थितिमा सुधार आउनेछ।

प्रकाशित मिति : १० असार २०८०, आइतबार  ५ : ५९ बजे