Logo

Breaking News 1

रुसभित्रै शसष्त्र विद्रोहको संकेत, विद्रोही सेनाद्वारा दुई शहर कब्जा



काठमाडौं । युक्रेनमाथि आक्रमण गरिरहेको रुसभित्रै शसष्त्र विद्रोहको संकेत देखिएको छ ।

रुसको निजी सैन्य कम्पनी ‘वागनर समूह’ रूसका दुइटा सहर कब्जा गरी राजधानी मस्कोतर्फ अघि बढिरहेको छ। वागनर समूहका प्रमुख येवगेनी प्रिगोजिनले शनिबार आफ्ना सैनिकले रूसको रोस्तोवको सैन्य क्षेत्रलाई नियन्त्रणमा लिएको दाबी गरेका थिए ।

वागनर समुहले युक्रेनमाथि रुसले शुरु गरेको आक्रमणमा सहयोग गर्दै आएको छ । वागनर समुहसँग ५० हजार बढि सैनिक रहेको बताइन्छ । युक्रेन युद्धका क्रममा करिब २० हजार वागनर समुहका सैनिक मृत्यु भएको दाबी गरिन्छ ।

आफ्ना सैनिकमाथि रूसी सैनिक प्रमुखले मिसाइल आक्रमण गरेको आरोप वागनर समुहका प्रमुखले लगाएका छन् । यता रुसी राष्ट्रपति भ्लादिमिर पुटिनले वागनर समूहले देशद्रोह गरेको भन्दै कारबाही गर्ने चेतावनी दिएका छन् । पुटिनले अबस्था खतरापुर्ण रहेको भन्दै शसष्त्र विद्रोह शुरु भएको दाबी समेत गरेका छन् ।

यता मस्कोका मेयरले सोमबार सबै कार्यालय बन्द गर्न र काममा नजान निर्देशन दिएका छन् । स्थानीय गभर्नरले समेत अत्यावश्यक कामबाहेक बाहिर ननिस्किन आग्रह गरेको अन्तर्राष्ट्रिय सञ्चारमाध्इमहरुले जनाएका छन् ।

प्रकाशित मिति : ९ असार २०८०, शनिबार  १० : २५ बजे