काठमाडौं । साफ च्याम्पियनसिप २०२३ मा नेपाल समूह चरणबाटै बाहिरिएको छ ।
नेपाल घरेलु टिम भारतसँग २–० गोलले पराजित भएसँगै नेपाल बाहिरिएको हो । भारतको बेंग्लोरमा भएको खेलको पहिलो हाफ गोलरहित बराबरी खेल्दा नेपालले भारतलाई दबाबमा राखेको भएपनि दोस्रो हाफमा भने भारतले दुई गोल गरेको हो ।
भारतका लागि कप्तान सुनील क्षेत्रीले ६२ मिनेटमा पहिलो गोल गरे भने महेश सिंहले दोस्रो गोल गरे । नेपाल सन् २०१५ को साफपछि सेमिफाइनलबाट पहिलोपटक समुह चरणबाट बाहिरिएको हो । सन् २०१८ मा नेपाल सेमिफाइनलमा पराजित हुँदा सन् २०२१ को साफको उपाधि भिडन्तमा भारतसँगै पराजित हुन पुगेको थियो ।
प्रतिक्रिया