Logo

Breaking News 1

रास्वपाले दस्तावेजको मस्यौदा तयार गर्न गर्यो १७ सदस्यीय समिति गठन



काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी(रास्वपा)ले दस्तावेजको मस्यौदा तयार पार्न समिति गठन गरेको छ।

रास्वपाले पार्टीको दस्तावेजको दोस्रो मस्यौदा तयार पार्न १७ सदस्यीय समिति गठन गरेको हो।

दोस्रो मस्यौदा तयारका लागि नीति तथा विचार विभाग प्रमुख मुकुल ढकालको संयोजकत्वमा १७ सदस्यीय समिति गठन गरिएको बताइएको छ।

प्रकाशित मिति : ९ असार २०८०, शनिबार  १२ : ०० बजे