Logo

अर्थ

संसदमा आइतबारदेखि बजेटबारे सम्बन्धित मन्त्रीले जवाफ दिने



काठमाडौँ । प्रतिनिधिसभाको बैठकमा विनियोजन विधेयक, २०८० अन्तर्गत उठेका प्रश्नमाथि आइतबारदेखि सम्बन्धित मन्त्रीले जवाफ दिने भएका छन् ।

विनियोजन विधेयक २०८० अन्तर्गत प्रतिनिधिसभामा मन्त्रालयगत छलफल सकिएपछि सम्बन्धित मन्त्रीले जवाफ दिने तय भएको हो । शुक्रबारको बैठकमा समयमा आयोजना सम्पन्न नहुँदा लागत खर्च बढेको, सांसद्ले सम्बन्धित मन्त्रीलाई टिपाएका योजना पनि समावेश नभएको, लगाएतका विषयमा सांसदहरुले आफ्नो धारणा राखेका थिए ।

संसदमा मन्त्री र प्रधानमन्त्रीले सांसदहरुले उठाएका प्रश्नको जवाफ दिएसँगै बजेट निर्णयार्थ पेश हुनेछ ।

प्रकाशित मिति : ८ असार २०८०, शुक्रबार  ९ : ४४ बजे