Logo

Breaking News 1

गोरखामा जन्ती बोकेको जिप दुर्घटना हुँदा पाँचजनाको मृत्यु



काठमाडाैं । गोरखामा जन्ती बोकेको जिप दुर्घटना हुँदा पाँचजनाको मृत्यु भएको छ । जिल्ला प्रहरी कार्यालय गोरखाका प्रवक्ता लिलाराज लामिछाने अनुसार पाँच जनाकाे ज्यान गएकाे हाे ।

मृतकको पहिचान हुन बाँकी छ । तीनवटा गाडीमध्ये एउटा गाडी दुर्घटना भएको हाे । जिप सडकबाट करिब २०० मिटर तल खसेको छ । प्रदेश नंं. ३ को ०१–०२३ च २४२७ नम्बरको टाटा जिप दुर्घटना भएको प्रवक्ता लामिछानेले जानकारी दिए ।

प्रकाशित मिति : ८ असार २०८०, शुक्रबार  ७ : ०० बजे