Logo

धर्म / संस्कृति

आजकाे राशिफल



आज २०८० असार ८ शुक्रवार, असार शुक्ल पञ्चमी ।

मेष राशि

आज नजिकको मित्रसँग भेटघाट हुनेछ । कला र गलाको प्रभाव बढ्नेछ । पठनपाठनमा प्रगति हुनेछ । दिनको उत्तरार्धमा धन खर्च बढी हुनसक्छ ।

बृष राशि

आज महत्त्वपूर्ण अवसर गुम्न सक्छ । प्रेमी र प्रेमिकाका बिच खिन्नता बढ्न सक्छ । साँझमा पैसा खर्च हुने योग छ, तर कुनै शुभ समाचार पाइनेछ ।

मिथुन राशि

नयाँ र शुभारम्भको चर्चा चल्नेछ । आफन्त र साथीभाइबाट सहयोग तथा हौसला प्राप्त हुनेछ । मेहनतीहरूका लागि दिन फलदायी नै रहनेछ ।

कर्कट राशि

अरुलाई प्रभावित पारेर काम बन्ने र बिनाप्रतिस्पर्धा फाइदा हुने योग छ । व्यवसायबाट लाभ नै मिल्नेछ । शेयर बजारको लगानीले पनि राम्रै लाभ देला ।

सिंह राशि

आज नयाँ कार्यको थालनी होला । जोशजाँगर र हिम्मत बढ्ला । शुभ समाचार सुन्न पाइएला । राजनैतिक कार्यमा विशेष सफलता मिल्नेछ ।

कन्या राशि

अनावश्यक ठाउँमा धन खर्च होला । सम्पत्ति हराउने वा नष्ट होला । अरुको भर पर्दा धोका पाइन सक्छ, तर साँझमा शुभ समाचार सुन्नमा आउला ।

तुला राशि

आज मनमा हर्ष, उमङ्ग र उत्साह छाउनेछ । बन्धु बान्धव तथा विशिष्ट व्यक्तिको सहयोग मिल्नेछ । शेयर बजारको लगानीले पनि राम्रै लाभ देला ।

बृश्चिक राशि

आँटेको र ताकेको कार्य पुरा होला । कूटनीतिक नियोगको सहयोग मिल्नेछ । साहित्यिक क्षेत्रमा रुचि बढ्नेछ । स्वास्थ्यमा सुधार पनि आउला ।

धनु राशि

आज शुभ समाचार सुन्न पाइएला । धनार्जनका नयाँ स्रोतहरू पत्ता लाग्नेछन् । नयाँ कार्यको थालनी हुनेछ । वैदेशिक क्षेत्रमा सफलता मिल्नेछ ।

मकर राशि

आज गर्न खोजेको जुनसुकै कार्यमा बाधा, मनमा दुबिधा र यात्रामा बिघ्नबाधा समेत आउनसक्छ, तर बाधा परे पनि निराश र हतास नहुनु होला ।

कुम्भ राशि

आज जोशजाँगर र हिम्मत बढ्नेछ । चिताएको कामले तीव्रता लिनेछ । राजनैतिक कार्यमा सफलता मिल्नेछ । वैदेशिक कार्य अघि बढ्नेछ ।

मीन राशि

आज धार्मिक कार्यमा रुचि बढ्नेछ । वित्तिय संस्थाबाट सहयोग पाइनेछ । प्रेम र मित्रताको बन्धन कसिने बेला छ । शुभ कार्यको चर्चा पनि चल्नेछ ।

प्रकाशित मिति : ८ असार २०८०, शुक्रबार  ६ : १२ बजे