काठमाडौं । आईसीसी एकदिवसीय विश्वकप छनोटअन्तर्गत समूहको तेस्रो खेलमा नेपालले अहिलेसम्मकै ठुलो लक्ष्य पाएको छ ।
निर्धारित ५० ओभरको खेलमा वेष्ट इण्डिजले ३३९ रन बनाउँदै ३४० रनको विशाल लक्ष्य दिएको हो । टस हारेर पहिला ब्याटिङ गरेका वेष्ट इण्डिजले निर्धारित ओभरमा ७ विकेट गुमाएर ३३९ रनको योगफल बनाउँदा दुई ब्याटरले शतकीय पारी खेले ।
नेपालले दोस्रो ओभरमै वेष्ट इण्डिजका ओपनर केल मायर्सलाई आउट गरेको थियो । करण केसीको बलमा कुशल भुर्तेलले मिडविकेट क्षेत्रमा शानदार क्याच अआउट गर्नुअघि मायर्सले १ रनमात्र बनाउन सके ।
वेष्ट इण्डिजका कप्तान साइ होप र निकोलस पुरनले शतकीय पारी खेल्दा चौथो विकेटका लागि २१६ रनको साझेदारी गरे । पुरनले ११५ रन बनाए भने कप्तान होपले १३२ रन बनाए ।
प्रतिक्रिया